दफा ६
नाविक सूची
(१) प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको नाविक सूची राख्नु पर्छ ।
त्यस्तो सूचीमा सो पानी जहाजका नाविकहरुको नाम, उमेर, नियुक्तिको हैसियत, योग्यता र
नागरिकता उल्लिखित हुनेछ ।
(२) त्यस्तो सूचीमा नौपरिवहनको सुरक्षाको आवश्यकता पूरा गर्न आवश्यक न्यूनतम
नाविक संख्या र त्यसको गठन पनि उल्लिखित हुनेछ ।